१५ चैत, २०८० बिहिबार

10:34:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आठ अर्बको लगानीमा धुलिखेलमा ४९ होटल सञ्चालन, ९९२ को प्रत्यक्ष रोजगारी

Nepal Business

३ असार, २०७९

धुलिखेलमा भएका होटलमा कार्यरत जनशक्तिका लागि वार्षिक १८ करोड ४५ लाख खर्च हुने गरेको क्षेत्रीय होटल सङ्घले जनाएको छ ।

आठ अर्बको लगानीमा धुलिखेलमा ४९ होटल सञ्चालन, ९९२ को प्रत्यक्ष रोजगारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । सञ्चालित होटलमा हालसम्म ८ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ । 

 काडमाडौँदेखि ३० किलोमिटरको दूरीमा अवस्थित सदरमुकाम धुलिखेलका ४९ होटलमा ९९२ ले प्रत्यक्ष रोजगारी पाएका छन् । धुलिखेल नगरपालिकामा ५९५ कर्मचारी पूर्णकालीन छन् भने समग्र जिल्लाका ८०१ कर्मचारी होटलमा कार्यरत रहेका छन् ।

धुलिखेलमा भएका होटलमा कार्यरत जनशक्तिका लागि वार्षिक १८ करोड ४५ लाख खर्च हुने गरेको क्षेत्रीय होटल सङ्घले जनाएको छ ।

सङ्घका अनुसार धुलिखेलमा होटलमा लगानी गरिएको सवा ८ अर्बमध्ये २ अर्ब ४८ करोड ९० लाख ७२ हजार बैंकको लगानी रहेको हो । यहाँका होटल व्यवसायीले राज्यलाई  १३ करोड ३५ लाख तथा धुलिखेल नगरलाई  ३२ लाख ७५ हजार तिर्ने गर्छन् । सङ्घका अध्यक्ष प्रमकण्ठ माकजु श्रेष्ठले धुलिखेलमा रहेका होटलमा ९७२ कोठामा १ हजार ७४५ बेड रहेको जानकारी दिनुभयो । 

धुलिखेलमा भएका होटलमा कार्यरत जनशक्तिका लागि वार्षिक १८ करोड ४५ लाख खर्च हुने गरेको क्षेत्रीय होटल सङ्घले जनाएको छ ।

उहाँले भन्नुभयो, स्थानीय सरकारसँगको समन्वयमा धुलिखेलमा थप पर्यटन विकासकार्य गर्न यहाँका व्यवसायी तयार रहेका छन् । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले धुलिखेलको पर्यटन विकासका लागि बोर्डले आवश्यक सहयोग गरिरहेको बताउनुभयो । 

धुलिखेल नगरका संस्थापक प्रमुख बेलप्रसाल श्रेष्ठ धुलिखेलमा सरसफाइ र पर्यटकको आगमनका हिसाबले पर्यटनका क्षेत्रमा थप प्रचुर सम्भावना रहेकाले ठूला र सुविधानजनक होटल निर्माण भइरहको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, धुलिखेलमा पर्यटनमा प्रचुर सम्भावना छ, यहाँका होटलले इतिहास रचेका छन् । उहाँको हिमालयन होराइजन होटल तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको रोजाइको होटल रहेको थियो । 

सङ्घका अनुसार जिल्लामा कूल १२४ होटल छन् । जिल्लाकै अर्को पर्यटकीयस्थल नगरकोटमा ४२ होटल छन् भने बनेपा नगरमा १०, पनौती नगरमा सात, नमोबुद्ध नगरमा ५, पाँचखाल नगरमा ३ र दोलालघाटमा ८ होटल रहेका छन् । जिल्लामा कोभिड शुन्य भएपछि पछिल्ला केही महिनादेखि आन्तरिकसँगै बाह्य पर्यटकको चहलपहल भइरहेको सङ्घले जनाएको छ । 

सङ्घका अनुसार जिल्लामा कूल १२४ होटल छन् ।

यसैबीच धुलिखेल नगरपालिकाले पर्यटन परिषद् गठन गरी थप योजना निर्माण गरिरहेको जनाएको छ । नगरप्रमुख अशोककुमार व्याञ्जुका अनुसार पर्यटन प्रवद्र्धनका लागि नगरले हालसम्म ५७ पार्क निर्माण गरेको छ । पर्यटनसँगै सहरी सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्दै पुराना सहरको संरक्षण गरी पुनर्जीवन दिन परियोजना सुरु गर्दैछौँ, व्याञ्जुले भन्नुभयो । 

यसैगरी नगरले ‘एक वडा एक होमस्टे’को योजना निर्माण गरी कार्यान्वयन सुरु गरिएको, नगरले व्यवसायीसँगको समन्वयमा नगरलाई सांस्कृतिक, ऐतिहासिक तथा प्राचीनताको संरक्षण गर्ने गरी योजना अघि बढाएको जनाएको छ । 

एशिया प्यासिफिक रिजनको सदस्यता पाएको धुलिखेलले स्थानीय, प्रदेश, केन्द्र हुँदै अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र पर्यटनसम्बन्धी गतिविधिबारे जानकारी गराइरहेको नगरप्रमुख व्याञ्जुले बताउनुभयो । 

एशिया प्यासिफिक रिजनको सदस्यता पाएको धुलिखेलले स्थानीय, प्रदेश, केन्द्र हुँदै अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र पर्यटनसम्बन्धी गतिविधिबारे जानकारी गराइरहेको नगरप्रमुख व्याञ्जुले बताउनुभयो । 

उहाँका अनुसार धुलिखेलमा ट्रिटमेन्ट प्लान्ट निर्माण, फोहरमैला व्यवस्थापनमा लगानी गरिरहेको तथा कोभिडको समयको होटललगायत व्यापारिक सङ्घसंस्था एवं धुलिखेलका बासिन्दालाई फोहरमैलामा कर छुट तथा स्थानीयलाई रोजगार दिने संस्थालाई १० प्रतिशत कर छुट दिने गरेको छ । नगरले तीन वर्षदेखि करको दर नबढाएको व्याञ्जुले बताउनुभयो ।

यसैगरी धुलिखेलमा पृथ्वीनारायण शाह र बलभद्र कुँवरको शालिक निर्माण भइसकेको छ भने गुरुप्रसाद मैनालीको शालिक निर्माणको तयारी भएको छ ।

धुलिखेलस्थित टुँडिखेलमा रोज–पार्क, राष्ट्रपति पार्क, अपाङ्गमैत्री ट्रेल, प्रकोपमैत्री ट्रेल, बजारमा १०० वर्ष पुराना सामग्री राख्ने गरी धुलिखेल सङ्ग्रहालय निर्माणाधीन अवस्थामा छन् । 

धुलिखेलमा पर्यटन क्षेत्रको विकास हुँदा गरिबी न्यूनीकरण भइरहेको, साक्षर तथा बालमैत्री नगर निर्माणमा सहयोग पुगेको बताइएको छ ।

हाल धुलिखेलस्थित देविस्थानमा नगरले ७ करोडको लगानीमा पार्क निर्माण सुरु गरेको छ । साथै नगरले पाँच वर्षभित्र १ लाख थप बिरुवा रोपण गर्ने जनाएको छ ।