८ मंसिर, २०८१ शनिबार
07:44:04 PM
३ असार, २०७९
फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।
काठमाण्डौं । समृद्धि फाइनान्सले नयाँ योजना र्साजनिक गरेको छ । फाइनान्सले मुद्दती निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको हो ।
फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।
समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन न्यूनतम ५० हजार रुपैयाँदेखि नै खाता खोल्न सकिने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिनुभयो।
फाइनान्सले मुद्धती निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत र बचत निक्षेपमा अधित्तम १० प्रतिशतसहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।