८ मंसिर, २०८१ शनिबार

08:29:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ५ वाणिज्य बैंकको सेयर कारोबार रोक्का

३ असार, २०७९

अहिलेसम्म मर्जर र प्राप्तिमा जान लागेका नेपाल बंगलादेश बैंक, मेगा बैंक, इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार नेप्सेमा रोक्का भएको हो ।

नेप्सेमा ५ वाणिज्य बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ । अहिलेसम्म मर्जर र प्राप्तिमा जान लागेका नेपाल बंगलादेश बैंक, मेगा बैंक, इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार नेप्सेमा रोक्का भएको हो ।

मर्जरमा जाने सहमति भएपछि मेगा बैंक र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार नेप्सेमा रोक्का भएको छ । हिमालन बैंकसँगको मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंक र मेगाबिच मर्जर हुन लागेको छ । यी दुई बैंकबिच जेठ २७ गते मर्जरका लागि सम्झौता भएको थियो । यसको जेठ ३० गतेबाट सेयर कारोबार रोक्का भएको छ । इन्भेष्टमेन्ट बैंकले मेगालाई १००ः ९० अनुपातमा मर्जर गर्न लागेको हो ।

नबिल बैंकले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने सहमति भएपछि बंगलादेश बैंकको सेयर कारोबार रोक्का भएको हो । नबिल बैंकले बंगलादेश बैंकलाई १००ः४३ अनुपातमा एक्विजिसन गर्न लागेको हो । नबिल बैंकले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि पुस ३० गतेबाट सेयर कारोबार रोक्का भएको हो ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार पनि रोक्का भएको छ । दुवै बैंक मर्जरमा जाने सहमति भएपछि सेयर कारोबार रोक्का भएको हो । असार २ गते दुवै बैंक १ः१ अनुपातमा मर्जरमा जान सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै असार २ गतेबाट दुवै बैंकको सेयर कारोबार रोक्का भएको हो ।