८ मंसिर, २०८१ शनिबार

08:09:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४ अर्बले घट्यो बैंकहरूको निक्षेप संकलन, सीडी रेसियो भने बढ्यो

३ असार, २०७९

बैंकहरूको सीडी रेसियो ८९.६१ प्रतिशतबाट बढेर ८९.६२ प्रतिशत पुगेको छ ।

४ अर्बले घट्यो बैंकहरूको निक्षेप संकलन, सीडी रेसियो भने बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन ४ अर्बले घटेको हो । निक्षेप संकलन घटेसँगै बैंकरुको कर्जा लगानी पनि घटेको छ । असार १ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ४९ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ । जेठ ३१ गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ४९ खर्ब ८५ अर्ब रहेको थियो । यो तथ्यांक अनुसार एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ४ अर्बले घटेको हो ।

यस्तै, यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप संकलन पनि ३ अर्बले नै घटेर ४३ खर्ब ९८ अर्ब रूपैयाँमा पुगेको छ । वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्बले घटेर ४१ खर्ब ८४ अर्ब रूपैयाँमा पुगेको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४७ खर्ब १५ अर्ब रूपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । बैंकहरूको सीडी रेसियो ८९.६१ प्रतिशतबाट बढेर ८९.६२ प्रतिशत पुगेको छ ।