८ मंसिर, २०८१ शनिबार
07:35:45 PM
३ असार, २०७९
काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
नियमक निकायबाट स्वीकृति पाएपश्चात् बैंकले ‘१०.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८४’ निष्कासन गर्नेछ । जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ जारी गर्नेछ । बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले १०.५० प्रतिशत ब्याज पाउनेछन् ।
उक्त सम्झौता पत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैकिङ्गका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको छ ।