२१ बैशाख, २०८१ शुक्रबार

05:22:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकी डलरको भाउ हालसम्म कै उच्च, नेपाली रुपैयाँ कमजोर बन्दै

३ असार, २०७९

भारतीय रुपैयाँ निरन्तर कमजोर बन्दै गएकोले पनि नेपाली रुपैयाँ कमजोर हुन पुगेको हो।

अमेरिकी डलरको भाउ  हालसम्म कै उच्च, नेपाली रुपैयाँ कमजोर बन्दै

काठमाडौं ।अमेरिकी डलरको भाउ निरन्तर बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको छ । यस्तै, खरिददर पनि १२४ रुपैयाँ ६२ पैसा कायम भएको छ । यो हालसम्म कै उच्च मूल्य हो ।

बिहिबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १२५ रुपैयाँ २१ पैसा र खरिददर १२४ रुपैयाँ ६१ पैसा कायम भएको थियो । पछिल्लो समय डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै गहिरहेको छ । भारतीय रुपैयाँ निरन्तर कमजोर बन्दै गएकोले पनि नेपाली रुपैयाँ कमजोर हुन पुगेको हो।