७ बैशाख, २०८१ शुक्रबार

10:23:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालको हस्तकला विकासमा सहकार्य गर्न थाइल्याण्डलाई महासङ्घको आग्रह

Nepal Business

२ असार, २०७९

अध्यक्ष शाक्यले थाइल्याण्डमा बर्सेनि आयोजना हुने ‘जेम एण्ड ज्वेलरी एक्स्पो’ जस्ता हस्तकला व्यापार मेलामा नेपाली हस्तकला व्यवसायीलाई सहभागी गराउन अनुरोध गर्नुभएको छ ।

नेपालको हस्तकला विकासमा सहकार्य गर्न थाइल्याण्डलाई महासङ्घको आग्रह

काठमाडौँ, 
नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकासमा सहकार्य गर्न थाइल्याण्डलाई आग्रह गरेको छ । 

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासाफसँग विहिबार  भएको भेटमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले थाइल्याण्डमा नेपालको हस्तकला विकासमा सहकार्य गर्न आग्रह गर्नुभएको हो । 

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासाफसँग विहिबार  भएको भेटमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले थाइल्याण्डमा नेपालको हस्तकला विकासमा सहकार्य गर्न आग्रह गर्नुभएको हो । 

अध्यक्ष शाक्यले थाइल्याण्डमा बर्सेनि आयोजना हुने ‘जेम एण्ड ज्वेलरी एक्स्पो’ जस्ता हस्तकला व्यापार मेलामा नेपाली हस्तकला व्यवसायीलाई सहभागी गराउन अनुरोध गर्नुभएको छ ।

 “यस्ता मेलाले थाइल्याण्ड र नेपालबीच कला, शिल्प तथा प्रविधि अध्ययन र अवलोकन गर्न मद्दत पुग्ने विश्वास महासङ्घले लिएको छ”,  उहाँले भन्नुभयो ।

उहाँले बैंककमा उत्पादित हस्तकलाको बारेमा नेपाली हस्तकला व्यवसायीले राम्रो जानकारी पाउने भएकाले एकआपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

महासङ्घका वाणिज्य क्षेत्रका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले थाइल्याण्ड सरकारबाट नेपाली सम्पदाको निर्माणमा सहयोग पुग्ने अपेक्षा राख्नुभयो ।

भेटमा नेपालका लागि थाइल्याण्डका राजदूत भोरासाफले थाइल्याण्डमा नेपाली हस्तकलाको राम्रो बजार भएकाले नेपालको हस्तकला विकासमा थाइल्याण्ड सरकारले सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो ।