७ मंसिर, २०८१ शुक्रबार

07:10:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नोकिया जी सिरिज अन्तर्गत् नयाँ नोकिया जी २१ सर्वजनिक

Nepal Business

२ असार, २०७९

नोकिया जी सिरिज अन्तर्गत् नयाँ नोकिया जी २१ सर्वजनिक

काठमाण्डौं । नोकिया फोनेको उत्पादक तथा वितरक (एचएमडी) ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत् नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तीन दिनसम्म टिक्ने ब्याट्री लाईफ रहेको छ ।

सुपर ब्याट्री सेभर मोडको सुविधा भएका यी फोनहरु सेक्योरिटी अपडेटहरू सहित सुपथ मुल्यमा उपलब्ध रहेका छन् । ६÷१२८ जीबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ  रहेको छ । ब्लू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ।

एशिया प्यासिफिक र चाइनाको लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरले भन्नुभयो, ‘मिड रेन्ज सेग्मेन्टमा नोकिया फोनहरु जहिले पनि सबैको रोजाइमा पर्न सफल भएका छन् । प्रिमियम स्लीक नाँर्डिक डिजाइनमा आउने यी फोनहरुको ब्याट्री पनि धेरै टिक्ने भएकैले आफ्नो सबै कामहरु आराम साथ गर्न सकिन्छ । बनावट मात्र बलियो नभै यसको ओयस् र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको छ । ओयस् मा २ वर्ष र सेक्युरिटी अपडेटमा ३ वर्ष सम्म गर्न मिल्ने हुनाले धेरै पछिसम्म पनि नयाँ फोन चलएको आभास हुन्छ ।’

मोबाइल प्रविधिमा लामो समय सम्म टिकाउ र अतुलनीय सुरक्षा

महत्वपूर्ण डेटा सुरक्षित राख्नको लागि अरु स्मार्टफोनको तुलनामा दुई गुणा धेरै सुरक्षा अपडेटहरू सहित आएको यो नोकिया जी २१ मा मास्क मोड पनि रहेको छ । जसले फेस मास्क लगाइको स्थितिमा पनि फेस पहिचान गरी अनलक गर्न सक्ने कम्पनीले जनाएको छ ।  एन्ड्रोइड १२ संस्करण भएको यस फोनमा अहिलेका नवीन्तम सुविधाहरू सबै सहजै उपलब्ध छन् ।

बेस्ट इन क्लास एक्स्पिरिएन्सको लागि प्री लोडेड स्पोटीफाइ र एक्सप्रेस भीपीएनसहित आउने यस फोनमा उपभोक्ताहरुले ७० मिलियन सम्म गीतहरु र ३.२ मिलियन पोडकास्टहरु सुन्न सकिन्छ । साथै सबै नयाँ नोकिया फोन प्रयोगकर्ताहरुको लागि एक्सप्रेस ख्एल् ३० दिनको ट्राएल पिरियड सम्म फ्री छ।

उत्पादकता वृद्धिको लागि फास्ट रेस्पोन्स्

जी—सिरिजमा पहिलो पटक ९० एचजेटको पावर सहित स्क्रोलिङ र टाइपिङ अझ बढी सजिलो हुनुको साथै तस्बिरहरु पनि प्रस्ट देखिन्छ।  

नोकिया जी २१ सँग उत्कृष्ट फोटोग्राफी

भर्साटाएल ट्रिपल–लेन्स क्यामेराहरूको साथ आएको यो फोनबाट उत्कृष्ट गुणस्तरको फोटो खिच्न सकिन्छ। कम प्रकाशमा पनि सुन्दर डिटेलहरु क्याप्चर गर्न मिल्ने यी लेन्सहरुको बेलुकाको समयमा पनि सुन्दर सेल्फी लिन सकिन्छ । यसमा भएको एआई सुपर रेसोलुसनले फोटोको लागि उत्कृष्ट जूम क्वालिटी प्रदान गर्दछ। 

नयाँ डिजाइन तर उस्तै गुणस्तरीय फिनिश मजबूती भएको नयाँ डिजाइनको साथ एर्गोनोमिक र पातलो डिजाइनमा आएको यो नयाँ फोन कडा पोलीकारबोनेटले बनेको हुँदा अत्यन्तै मजबुत रहेकोछ ।