८ मंसिर, २०८१ शनिबार

07:46:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिडी रेसियो ९० भन्दा माथि हुने वाणिज्य बैंकलाई राष्ट्र बैंकको पत्राचार

२ असार, २०७९

राष्ट्र बैंकका अनुसार हाल २७ मध्ये १५ वटा बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा माथि छ । जसमा २ वटा बैंकको सिडी रेसियो ९५ प्रतिशतभन्दा बढी पुगिसकेको छ

सिडी रेसियो ९० भन्दा माथि हुने वाणिज्य बैंकलाई राष्ट्र बैंकको पत्राचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडी रेसियो (कर्जा–निक्षेप अनुपात) को सीमाभन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार गर्दै जवाफ माग गरेको छ । सिडी रेसियो सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई पत्रचार गर्दै राष्ट्र बैंकले जवाफ मागेको हो ।

राष्ट्र बैंकका अनुसार हाल २७ मध्ये १५ वटा बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा माथि छ । जसमा २ वटा बैंकको सिडी रेसियो ९५ प्रतिशतभन्दा बढी पुगिसकेको छ ।

  ‘सिडी रेसियो ९० प्रतिशतभन्दा तल झार्नका लागि कसरी योजना बनाउनु भएको छ भन्ने पत्र राष्ट्र बैंकबाट आएको छ,’ एक बैंकका उच्च अधिकारीले भन्नुभयो, ‘राष्ट्र बैंकले सिडी रेसियो ९० प्रतिशतभन्दा बढी हुने बैंकलाई मात्र पत्र पठाएको हो ।’

राष्ट्र बैंकले असार मसान्तपछि नियम अनुसार सिडी रेसियो ९० प्रतिशत बढी हुने बैंकहरुलाई कारवाही गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिदेखि सिसिडी रेसियो खारेज गरेर सिडी रेसियोमा जाने नीति लिएको हो ।