१७ बैशाख, २०८१ सोमबार

07:21:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

द्रुतमार्ग सुस्तः प्रगति १९.८३ प्रतिशत

Nepal Business

२ असार, २०७९

द्रुतमार्ग बनिसकेपछि सुरक्षित यात्रा हुने र जनजीवनलाई समेत सहयोग पुर्याउने उहाँले बताउनुभयो ।

द्रुतमार्ग सुस्तः  प्रगति १९.८३ प्रतिशत
काठमाडौँ । मुलुकको गौरवको आयोजना काठमाडौँ, तराई मधेश द्रुतमार्ग को प्रगति सुस्त छ । उक्त योजना अहिलेसम्म १९.८३ प्रतिशत प्रगति भएको छ । 
 
गृहमन्त्री बालकृष्ण खाँणले रक्षामन्त्रालयको तर्फबाट प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सो जानकारी दिनुभएको हो । 
 
सदनमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले अन्य सडक भन्दा काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक पृथक रहेको र त्यो चुनौतिपूर्ण काम नेपाली सेनाले जिम्मा लिएको बताउनुभयो ।
 
ठाउँठाउँमा सुरुङ बनाउनुपर्ने र अग्लो पुल बनाउनुपर्ने भएकाले समय लागेको हो, द्रुतमार्ग बनिसकेपछि सुरक्षित यात्रा हुने र जनजीवनलाई समेत सहयोग पुर्याउने उहाँले बताउनुभयो । 
 
नेपाली सेनाले पेशागत जिम्मेवारीसहित कठिन क्षेत्रमा ३२ सडक निर्माण गरेको, चालु आर्थिक वर्षमा काठमाडौँ तराइ मधेश द्रुत मार्गलगायत कठिन भूभागमा रहेका पाँच वटा ठुला आयोजनामा निर्माण कार्य गरिरहेको  उहाँले जानकारी दिनुभयो । 
 
नेपाली सेनाले आफ्नो पेशागत जिम्मेवारीसहित कठिन भूमिमा अहिलेसम्म ३२ वटा सडक निर्माण गरिसकेको जनाइएको छ ।