२१ बैशाख, २०८१ शुक्रबार

12:23:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिनीको मूल्य प्रतिकिलो २० रुपियाँले बढ्यो

२ असार, २०७९

भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएसँगै चिनीको मूल्य बढेको हो ।

चिनीको मूल्य प्रतिकिलो २० रुपियाँले बढ्यो


काठमाडौं । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले बढेको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । खुद्रा व्यापारीहरुले पुरानै चिनीपनि मूल्य बढाएर बेच्न थालेपछि उपभोक्ता मारमा परेका हुन् ।

बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएसँगै चिनीको मूल्य बढेको हो । नेपालमा चिनीको माग धान्न भारतबाट चिनी ल्याउने गरिएको छ ।