८ मंसिर, २०८१ शनिबार

08:25:20 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंक अफ काठमाण्डूको १ लाख ३१ हजार कित्ता संस्थापक सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

२ असार, २०७९

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजपत्रसहित के कति कित्ता सेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् ।

बैंक अफ काठमाण्डूको १ लाख ३१ हजार कित्ता संस्थापक सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । विभिन्न व्यक्तिहरुको नाममा रहेको १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएको हुनाले उक्त संस्थापक सेयरहरू बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि निवेदन नआएको उक्त सेयर अन्य इच्छुक व्यक्ति वा संस्थालाई बिक्री गर्न लागेको हो । बैंकको सेयरको न्यूनतम मूल्य १४२ रुपैयाँ तोकिएको छ त्यसैले आवेदकले १७० रुपैयाँ वा त्यो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।