८ मंसिर, २०८१ शनिबार

07:47:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नबिल बैंकले ल्यायो, नयाँ क्यासब्याक योजना

Nepal Business

२ असार, २०७९

नबिल बैंकले ल्यायो, नयाँ क्यासब्याक योजना

काठमाण्डौं । नबिल बैंकले नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ। बैंकले महिला तथा युवा उद्यमी क्यूआर मर्चेन्टलाई लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको हो । 

नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष (युएनसीडीएफ) को सहकार्यमा आधारित ‘क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको बैंकले जनाएको छ। 

विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको बैंकले जनाएको छ । 

एक महिनालाई संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिहत वा अधिकतम प्रति कारोबार दुई सय रुपैयाँ नगद फिर्ता दिने बैंकले जनाएको छ। यो योजना आषाढ महिनाभरि लागु हुनेछ।

वित्तीय पहुँच नपुगेका महिला र युवा उद्दमीमा लक्षित यस योजनामार्फत नबिल बैंकले त्यस्ता उद्यमीहरुलाई बैैकिङ च्यानलमा भित्र्याउने, पुराना निष्क्रिय मर्चेन्टलाई सकृय बनाउने र उनीहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य बैंकले लिएको छ।

यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएका उद्दमी जसको आफ्नो स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्ने बैंकले जनाएको छ । यसअधि नयाँ वर्षको अवसरमा पनि बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थिया