१२ मंसिर, २०८१ बुधबार
10:27:56 AM
२ असार, २०७९
काठमाण्डौं । अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँच विस्तार गर्ने उद्देश्यले भक्तपुरमा चार दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आयोजना गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले संयुक्त रुपमा कार्यक्रम गरेको हो ।
‘व्यावसायिक क्षमता अभिवृद्धि गरी वस्तु आयात र निर्यात सम्बन्धिको ज्ञान दिनको लागि हामीले कार्यक्रम गरेका छौं । जेठ मसान्तदेखि असार ३ गतेसम्म हुने तालिममा २५ जना व्यवसायीहरु सहभागी छन्’, भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले भन्नुभयो ।
चेम्बरले भक्तपुरमा उत्पादन हुने तोरीको तेल, जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी लगायतका स्थानीय उत्पादनलाई ब्राण्ड बनाउनुपर्नेमा जोड दिँदै आएको छ ।
तालिम कार्यक्रम पश्चात् स्थानिय स्तरमा उत्पादित वस्तुलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरणको सिर्जना हुनेमा मानन्धर आशावादी हुनुहुन्छ ।
यस्तै व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भक्तपुरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नसके समग्र देशमा हुने वस्तु आयातको दर कम हुने बताउनुभयो ।
अहिलेको अवस्थामा निर्यातभन्दा अयात १० गुणाले बढीरहेको भन्दै राणाले यसप्रति चिन्ता व्यक्त गर्नुभयो ।