७ मंसिर, २०८१ शुक्रबार
07:45:59 AM
२ असार, २०७९
छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ९७ हजार तीन सय रुपैयाँमा कारोबार
काठमाण्डौं–सुनको मूल्य घटबढ हुने क्रम जारी छ । बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ ।
छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार पाँच सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा आठ सय रुपैयाँले बढेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य ९६ हजार रुपेयाँ थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १२ सय ६५ रुपेयाँमा कारोबार भइरहेको छ ।