८ मंसिर, २०८१ शनिबार

05:22:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

२ असार, २०७९

दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति भएको छ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एकआपसमा गाभ्न गाभिनको लागि बिहीबार प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य, समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।

दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति भएको छ। नेप्सेले मर्जर प्रयोजनका लागि आज (बिहीबार) देखि लागू हुने गरी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको छ। मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमइ बीओके बैंक रहनेगरी सहमति भएको छ ।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ भने बैंक हफ काठमाण्डौको १० अर्ब ६३ करोड ३९ लाख ९४ हजार रुपैयाँ छ। मर्जरपश्चात बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार रुपैयाँ पुग्ने छ।