१ मंसिर, २०८२ आइतबार

11:26:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइडिया फर नेपाल : १० वर्षभित्र १० लाखलाई उद्यमी बनाउने सोच

Nepal Business

२१ पुस, २०७८

आइडिया फर नेपाल  : १० वर्षभित्र १० लाखलाई उद्यमी बनाउने सोच

२१ पुस, काठमाडौँ । हङकङमा मुख्य कार्यलय रहेको आइडिया ग्रुप (गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनी) को नेपाली  परियोजना नेपालमा भित्रिएको छ ।

नेपाली शाखालाई 'आइडिया फर नेपाल' नाम दिइएको छ । उक्त परियोजनाको लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्नुभयो । उहाँले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका क्षेत्र लगानीका लागि उर्वर रहेको बताउनुभयो ।  

भारतीयले विदेशमा आर्जन गरेको ज्ञानबाट बैङ्लोरमा ठूलो परिवर्तन ल्याएर देखाए, यस्तै परिवर्तन गैरआवासीय नेपालीले पनि नेपालमा कुनै क्षेत्रमा लगानी गरेर देखाउन सक्छन्

“भारतीयले विदेशमा आर्जन गरेको ज्ञानबाट बैङ्लोरमा ठूलो परिवर्तन ल्याएर देखाए, यस्तै परिवर्तन गैरआवासीय नेपालीले पनि नेपालमा कुनै क्षेत्रमा लगानी गरेर देखाउन सक्छन्, कामको खोजीमा खाडी जाने नेपाली युवालाई यहीँ रोजगारी दिन सक्छन्, देशलाई अघि बढाउने रचनात्मक सोच अघि सार्न पनि गैरआवासीय नेपालीको यसतर्फ ध्यान जानुपर्छ”, पूर्व राष्ट्रपति यादवले भन्नुभयो ।

 प्रधानन्यायधीशले अदालत र एउटा दलले संसद् बन्धक बनाउने प्रवृत्ति जारी रहेसम्म यस्ता सोचमा ध्यान जान नसक्ने भएकाले समस्या समाधानका लागि उहाँले सबै पक्षलाई आग्रह गर्नुभयो । सकारात्मक सोचका लागि विश्वविद्यालयको जनशक्तिसँग पनि सञ्जाल निर्माण गरेर सहकार्य गरिनुपर्नेमा यादवले जोड दिनुभयो ।

प्रधानन्यायधीशले अदालत र एउटा दलले संसद् बन्धक बनाउने प्रवृत्ति जारी रहेसम्म यस्ता सोचमा ध्यान जान नसक्ने भएकाले समस्या समाधानका लागि पूर्वराष्ट्रपति यादवको आग्रह

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नेपालको विकास भयो भने विश्वमा नेपालीको शिर उचो हुने सोच अनुसार ‘आइडिया फर नेपाल’ ले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘आइडिया फर नेपाल’ सँगको सहकार्यमार्फत् छिट्टै नै विराटनगरमा आधुनिक पार्किङ निर्माण हुन लागेको जानकारी पनि उहाँले कार्यक्रममा दिनुभयो ।

 

 यस्तो छ आइडिया ग्रुपको 'आइडिया' 

सहरको समस्या बनिरहेको पार्किङ व्यवस्थापनको झन्झट हटाउने गरी नेपालमा आधुनिक पार्किङ प्रणाली भित्र्याइने भएको छ । विश्वका विभिन्न देशमा पार्किङलगायत विभिन्न व्यवसाय गरिरहेका ‘आइडिया ग्रुप’ को नेपाल शाखा ‘आइडिया फर नेपाल’ ले यस्तो प्रणाली भित्र्याउन लागेको हो ।  

  कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै आइडिया ग्रुप नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले अत्याधुुनिक कार पार्किङ प्रणाली भित्र्याएपछि दुई कार पार्किङ गर्ने स्थानमा दर्जनौँ कार पार्किङ गर्न सकिने बताउनुभयो । उहाँले विभिन्न देशमा काम गरेको अनुभवका आधारमा नेपालमा पनि काम गर्न लागेको जानकारी दिनुभयो । आइडियाको विभिन्न परियोजनामार्फत आगामी १० वर्षभित्र १० लाख जनालाई उद्यमी बनाउने सोच रहेको बताउनुभयो ।

कम्पनीले हाल विश्वका विभिन्न देशमा ४०० भन्दा बढी परियोजनामा संलग्नता जनाएको छ । त्यसमध्ये ५० वटालाई आफैँले नेतृत्व गरिरहेको छ । तीन सय ५० वटा परियोजनामा भने अरु कम्पनीको पनि लगानी छ

कम्पनीले हाल विश्वका विभिन्न देशमा ४०० भन्दा बढी परियोजनामा संलग्नता जनाएको छ । त्यसमध्ये ५० वटालाई आफैँले नेतृत्व गरिरहेको छ । तीन सय ५० वटा परियोजनामा भने अरु कम्पनीको पनि लगानी छ । कम्पनीले अफ्रिकाको सुनखानी, युरोपमा पार्किङ, घरजग्गा व्यसाय ९रियल स्टेट०, कृषि तथा अन्य विविध क्षेत्रमा लगानी गरिरहेको छ । करिब पाँच वर्षअघिदेखि नेपालमा पनि यसले कृषि, घरजग्गा, पर्यटनलगायतको क्षेत्रमा लगानी गरिरहेको छ । 

कम्पनीले कीर्तिपुर, बुटवल, नेपालगञ्ज, पोखरालगायतका क्षेत्रमा ‘मेघा सिटी’ निर्माणका अवधारणासहित आवास निर्माण गर्दैछ । त्यस्तै सिन्धुपाल्चोकमा फलफूल तथा जुम्लामा स्याऊ फर्म सञ्चालनको लागि प्रक्रिया आरम्भ गरेको छ । कार्यक्रममा संस्थाका निर्र्देशक रोजिना प्रधान राईले नेपालीलाई विश्वभर कामदारका रुपमामात्र  हेरिने वर्तमान परिस्थितिलाई परिवर्तन गर्दै नेपाली पनि ‘इन्टरप्रेनर’ हुन् भन्ने स्थापित गराउन आफूहरु लागि परेको बताउनुभयो ।