१४ बैशाख, २०८१ शुक्रबार

02:16:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि उत्पादन बढाउनको लागि श्रीलंकाले शुक्रबार सार्वजनिक विदा दिने

Nepal Business

१ असार, २०७९

कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

कृषि उत्पादन बढाउनको लागि श्रीलंकाले शुक्रबार सार्वजनिक विदा दिने

सिन्ह्वा । श्रीलंकाले कृषि प्रवर्द्धनका लागि शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सिन्ह्वाका अनुसार देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र काम गर्नुपर्ने व्यवस्था गर्नका साथै वैदेशिक रोजगारीमा जानचाहनेहरूका लागि पाँचवर्षसम्म बेतलबी विदा दिने निर्णय पनि गरेको छ ।

तीन दिन कार्यालयमा काम नगर्ने गरी सार्वजनिक क्षेत्रका कर्मचारीलाई देशमा उत्पादन बढाउने कृषि कर्ममा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार पनि सार्वजनिक विदाको व्यवस्था गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

प्रधानमन्त्री रनिल विक्रमसिंघेले हालै आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताउनु भएको छ । स्थानीय विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आगामी सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् ।