८ मंसिर, २०८१ शनिबार

06:21:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

१ असार, २०७९

बैंकको सेयरको न्यूनतम मूल्य १४२ रुपैयाँ तोकिएको छ त्यसैले आवेदकले १४२ रुपैयाँ वा त्यो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले विभिन्न व्यक्तिहरुको नाममा रहेको २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो । तर संस्थापक सेयधनीहरुबाट कुनै पनि निवेदन नआएको हुनाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकको सेयरको न्यूनतम मूल्य १४२ रुपैयाँ तोकिएको छ त्यसैले आवेदकले १४२ रुपैयाँ वा त्यो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजपत्रसहित के कति कित्ता सेयर खरिद गरी लिने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् ।