८ मंसिर, २०८१ शनिबार

05:22:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकदिनमा ५ अर्बले बढ्यो बैंकहरुको निक्षेप, सिडी रेसियो ८९.७८ प्रतिशत

१ असार, २०७९

राष्ट्र बैंकका अनुसार जेठ ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

एकदिनमा ५ अर्बले बढ्यो बैंकहरुको निक्षेप, सिडी रेसियो ८९.७८ प्रतिशत

काठमाडौं । बैंकहरूको निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ ३० गते बैंकहरुको निक्षेप संकलन ५ अर्ब रुपियाँले बढेको हो । राष्ट्र बैंकका अनुसार जेठ ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जेठ २९ गतेसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ७० अर्ब रूपैयाँ रहेको थियो ।

एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ५ अर्बले बढेर ४३ खर्ब ९४ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी भने १ अर्बले घटेर ४१ खर्ब ८६ अर्ब रूपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब १७ अर्बमा झरेको छ ।

बैंकहरूको औसत कर्जा( निक्षेप अनुपात (सीडी रेसियो) ८९.८७ प्रतिशतबाट घटेर ८९.७८ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।