८ मंसिर, २०८१ शनिबार

06:24:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पुरानै समय अनुसार सेवा संचालन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

३१ जेठ, २०७९

सरकारले उक्त २ दिने विदा असार १ गतेदेखी लागू हुने गरी हटाएपछि राष्ट्र बैंकले समेत आइतबार समेत सेवा दिन बैंकहरुलाई निर्देशन दिएको हो ।

पुरानै समय अनुसार सेवा संचालन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थालाई आइतबार समेत सेवा दिन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । सोमबार बैंकले एक सूचना प्रकाशित गर्दै सरकारले यसअघिको शनिबार र आइतबार दुई दिन सार्वजनिक विदाको निर्णय परिवर्तन गरि शनिबार मात्र कायम गरिएकाले आइतबार पनि सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

सरकारले उक्त २ दिने विदा असार १ गतेदेखी लागू हुने गरी हटाएपछि राष्ट्र बैंकले समेत आइतबार समेत सेवा दिन बैंकहरुलाई निर्देशन दिएको हो ।योसँगै भोलि बुधबारदेखि विहान १० देखि ४ बजेसम्म नै बैंक तथा वित्तीय संस्थाहरु खुल्ने भएका छन् ।

सरकारले गत जेठ १ गतेदेखि पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयनमा ल्याएको थियो । तर सो कार्यको सर्वत्र विरोध भएसँगै सरकारले एक महिनापनि नपुग्दै आइतबारको सार्वजनिक विदाको निर्णय फिर्ता लिएको छ । अब असार १ गतेदेखि सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा हुनेछ ।