८ मंसिर, २०८१ शनिबार

05:24:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर , कुन खातामा कति ?

३१ जेठ, २०७९

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०५ प्रतिशतसम्म ब्याज पाइने छ ।

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर , कुन खातामा कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असार १ गते ) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०५ प्रतिशतसम्म ब्याज पाइने छ । त्यस्तै, बैंकको मुद्दति निक्षेपमा न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म ब्याज पाइने छ  । ३ महिना देखि ३ बर्षसम्मको रा.बा बैंक रेमिटान्स मुद्धती निक्षेपमा १२.०३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।