८ मंसिर, २०८१ शनिबार
06:35:11 PM
३१ जेठ, २०७९
लगानीकर्ताले दुवै कम्पनीको सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि असार १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको सेयर असार ८ गते, बुधबारबाट लिलामीमा आउने भएको छ ।
नेपाल लाइफको ५ लाख ९७ हजार ९ सय २१ कित्ता र एनआईसी एशिया बैंक लिमिटेडको ७ लाख १९ हजार ९ सय ५० कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गरिने भएको हो ।
जसमध्ये नेपाल लाइफको मूल्य प्रतिकित्ता न्यूनतम ७ सय रूपैयाँ र एनआईसी एशिया बैंकको मूल्य प्रतिकित्ता न्यूनतम ४ सय रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले दुवै कम्पनीको सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि असार १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसैगरी कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं र ग्लोबल आइएमई बैंक लिमिटेडको तलको सूचनामा तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।