८ मंसिर, २०८१ शनिबार
05:52:00 PM
३१ जेठ, २०७९
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ ।
काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असार १ गते) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपमा न्यूनतम ९.०३ प्रतिशत देखि अधिकतम १२.०३ प्रतिशतसम्म व्याज दिने छ । नयाँ ब्याजदर अनुसार बैंकको आधार दर १०.८९ प्रतिशत रहेको छ ।