१२ मंसिर, २०८१ बुधबार

01:39:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इण्डोनेशिया र चिलीको लगानीका लागि महासंघको आग्रह

Nepal Business

३१ जेठ, २०७९

इण्डोनेशिया र चिलीको लगानीका लागि महासंघको आग्रह

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सहित पदाधिकारीहरू र नेपालका लागि इण्डोनेशियाका राजदुत हेरू हर्तान्तो सुवोलोबीच महासंघ सचिवालयमा भेटवार्ता भयो । भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, महानिर्देशक गोकर्ण राज अवस्थीको उपस्थिति थियो ।  

त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष दिनेश श्रेष्ठसंग नेपालका लागि चिलिका राजदुत जुआन रोलाण्डो अङगुलो मोनसाल्भेले महासंघ सचिवालयमा भेटवार्ता गर्नुभयो । 

ती दुवै भेटवार्तामा महासंघकातर्फबाट नेपालमा इण्डोनेशिया र चिलीको लगानीका लागि कुटनीतिक माध्यमबाट सहयोग हुन आग्रह गरिएको थियो । दुवै मुलुकसंग नेपालको द्विपक्षीय व्यापारको आंकडा अत्यन्त न्यून रहेको पाइन्छ । 

महासंघमा उपलव्ध पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷७८ मा नेपाल इण्डोनेशियाबीचको आयात–निर्यात क्रमशः १७ अर्ब २६ करोड देखिन्छ भने नेपाल चिली आयात–निर्यात क्रमशः ९ करोड ९३ लाख रुपैयाँ मात्र छ ।

संयुक्त लगानी नगण्य नै देखिन्छ । तथ्यांक अनुसार नेपालमा इण्डोनेशियाको ३५ करोड र चिलीको ३० करोडको मात्र संयुक्त लगानी रहेको छ । भेटवार्तामा द्विपक्षीय व्यापार विस्तारमा विशेष जोड दिइयो । के गर्दा व्यापार विस्तार गर्न सकिन्छ त्यसमा सहयोग गर्न हामी तयार छौं, भेटवार्तामा महासघकोतर्फबाट प्रतिवद्धता व्यक्त भयो । यसका लागि दुवै देशका निजी क्षेत्रबीचको आपसी सम्बन्ध विस्तार, व्यावसायिक तथा लगानी भ्रमणको आदान प्रदानमा जोड दिइयो ।
नेपालको भौगोलिक अवस्थिति र यहांको सस्तो श्रम सक्तिका कारण नेपालमा वस्तुु उत्पादन गरी भारत तथा चीनको बजारमा निर्यात गर्न सकिने पर्याप्त सम्भाव्यता रहेको पनि महासंघल जानकारी दिएको छ। 

नेपाल सरकार र निजी क्षेत्र वाह्य लगानी आकर्षणमा निरन्तर लागीरहेको र सरकारी नीति पनि सोही अनुसार वाह्य लगानी मैत्री रहेको महासंघले जनाएको छ । नेपालमा कृषि, पूर्वाधार विकास, पर्यटन, उर्जा, सूचना तथा प्रविधि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानीको अथाह सम्भाव्यता रहेको पनि स्पष्ट पारियो । 

छुट्टाछुट्टै भेटवार्तामा राजदूतहरूले आपसी आर्थिक तथा निजी क्षेत्रबीचको सम्बन्ध विस्तार, लगानी आकर्षणमा आफ्नोतर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै दुवै देशका निजी क्षेत्रबीच समन्वयनका लागि पनि सहयोग गर्ने जनाइएको छ ।