१२ मंसिर, २०८१ बुधबार

01:30:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तारागाउँ रिजेन्सी होटल्सको वित्तीय विवरण सार्वजनिक, नाफामा उच्च वृद्धि

Nepal Business

३१ जेठ, २०७९

विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा होटलले ४ करोड १४ लाख रुपैयाँ नाफा रहेको छ ।

तारागाउँ रिजेन्सी होटल्सको वित्तीय विवरण सार्वजनिक, नाफामा उच्च वृद्धि

काठमाण्डौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा होटलले ४ करोड १४ लाख रुपैयाँ नाफा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटल १२ करोड ६५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण घट्दै गएको र पर्यटकको आगमनमा बढेको हुनाले कम्पनी नाफामा बृद्धि भएको हो ।

यसैगरी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको होटलको जगेडा कोषमा भने २८ करोड ११ लाख रूपैयाँ कायम रहेको छ । त्यसैगरी, होटलको प्रतिसेयर आम्दानी २ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २१ पैसा रहेको छ ।