७ बैशाख, २०८२ आइतबार

02:09:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्दै मोबाइल बैंकिङ प्रयोगकर्ता, हालसम्म १ करोड ७६ लाख ७६ हजार बढी

३१ जेठ, २०७९

आर्थिक वर्षको बैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रविधिबाट मात्र कुल ११ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

बढ्दै मोबाइल बैंकिङ प्रयोगकर्ता, हालसम्म १ करोड ७६ लाख ७६ हजार बढी

काठमाडौं । मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गहिरहेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।
 
सोमबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाख ३१ गतेसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ लाख ७६ हजार २५९ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७८ बैशाख मसान्तसम्म मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या कुल १ करोड ७३ लाख ८२ हजार ४४८ रहेको थियो ।

यस्तै, आर्थिक वर्षको बैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रविधिबाट मात्र कुल ११ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, राष्ट्र बैंकको अनुसार समीक्षा अवधिमा भूक्तानीको औजार वालेट प्रयोगकर्ता १ करोड ४८ लाख ८४ लाखबाट १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ कारोबार भएकोमा १ करोड ४ लाख ६२ हजार ६०८ वटा डेबिट कार्ड (एटीएम) बाट ८ अर्ब १ करोड ९२ लाख रुपैयाँ, २ लाख १५ हजार १८ जना क्रेडिट कार्ड प्रयोगकर्ताहरूबाट १२ करोड ४५ लाख रुपैयाँ र २ लाख ५२ हजार ७०५ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूबाट १ अर्ब १९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अन्य डिजिटल भुक्तानीका साधनहरु कनेक्ट आईपीएस, प्रिपेडकार्ड, आरटीजीएस लगायतका प्रणालीबाट पनि अर्बौंको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।