८ मंसिर, २०८१ शनिबार
06:41:12 PM
३१ जेठ, २०७९
सोही छलफलमा गभर्नर अधिकारीले आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरुको बिग मर्जरमा दिइँदै आएको १० प्रकारका सहुलियत तथा छुट खारेज हुने घोषणासमेत गर्नुभएको थियो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आज (मंगलबार) आकस्मिक छलफलका लागि बोलाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई दिउँसो ३ बजे छलफलका लागि बोलाएको हो । सीईओहरुलाई आगामी आर्थिक वर्षको मौद्रिक नीति, बैंकहरुको सीडी रेसियो र असार मसान्तभित्रमा गरिसक्नुपर्ने मर्जर सम्झौतालगायतका विषयमा छलफल गर्न बोलाइएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
केही दिनअघि पनि राष्ट्र बैंकले वाणिज्य बैंकहरुका अध्यक्ष तथा सञ्चालकहरुलाई बोलाएर छलफल गरेको थियो। छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले १–२ वर्ष नाफामा ध्यान नदिन, असारभित्र मर्जरको सम्झौता गरिसक्न र लाभांशका लागि सीईओहरुलाई अनधिकृत दबाब नदिन निर्देशन दिनुभएको थिए।
सोही छलफलमा गभर्नर अधिकारीले आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरुको बिग मर्जरमा दिइँदै आएको १० प्रकारका सहुलियत तथा छुट खारेज हुने घोषणासमेत गर्नुभएको थियो ।