१२ मंसिर, २०८१ बुधबार

02:37:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ जिल्लामा ६ अर्बभन्दा बढि लगानीका ९ वटा उद्योग दर्ता, कुन जिल्लामा कति ?

Nepal Business

३१ जेठ, २०७९

४५ करोड लगानीमा तीन उद्योगहरु काठमाण्डौंमा दर्ता

६ जिल्लामा  ६ अर्बभन्दा बढि लगानीका ९ वटा उद्योग दर्ता, कुन जिल्लामा कति ?

काठमाण्डौं । विभिन्न जिल्लामा ६ अर्ब ३५ करोड ५१ लाख रुपैयाँको लगानीमा ९ वटा उद्योग दर्ता भएका छन् ।  उद्योग विभागको तथ्यांक अनुसार यस अवधिमा विभिन्न ६ जिल्लामा साना, मझौला र ठूला उद्योग दर्ता भएका हुन् । 

विभागका अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा ४५ करोड लगानीमा तीन उद्योगहरु काठमाण्डौंमा दर्ता भएका छन् । दर्ता भएका उद्योगहरुमा ५ करोड रुपैयाँ लगानीको बुद्धशान्ति होटल प्रालि, २० करोड रुपैयाँ लगानीको हेबेइ इन्टरनेशनल कार्गो प्रालि र २० करोड रुपैयाँ लगानीमा सिंग लंग रेष्टुरेन्ट प्रालि रहेका छन् । 

यस्तै तनहुँमा १८ करोड ५१ लाख रुपैयाँ लगानीमा भिएमसी फर्मास्युटिकल्स प्रालि, पर्सामा ४८ करोड रुपैयाँ लगानीमा त्रिवेणी राइस इण्डष्ट्रिज प्रालि, मकवानपुरमा ३० करोड रुपैयाँ लगानीमा दुगड अटो क्लिनिक प्रालि, बर्दियामा ९६ करोड रुपैयाँ लगानीमा भारती लक्ष्मी इनर्जी प्रालि, बारामा ९८ करोड रुपैयाँ लगानीमा ब्राइट मेटल इण्डष्ट्रिज र सबैभन्दा बढी लगानीमा ३ अर्ब रुपैयाँ लगानीमा एसजि अटोक्राफ्ट प्रालि दर्ता भएका छन् ।