१० मंसिर, २०८१ सोमबार
03:56:32 AM
३१ जेठ, २०७९
छापावाला सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेर ९७ एक सय रुपैयाँमा कारोबार
काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेको छ ।
छापावाला सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेर ९७ एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार नौ सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाँले बढेर ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार चार सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।