१२ मंसिर, २०८१ बुधबार

09:00:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साकोस शिखर सम्मेलन : १२ बुँदे घोषणापत्र जारी गर्दै सकियो (घोषणापत्रको पूर्ण पाठसहित )

Nepal Business

३० जेठ, २०७९

सहकारी संस्था र सदस्यहरुमा आउनसक्ने जोखिम न्यूनीकरण एवम् व्यवस्थापनको लागि संस्थागतरुपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्न सम्ेलनले जोड दिएको छ ।

साकोस शिखर सम्मेलन : १२ बुँदे घोषणापत्र जारी गर्दै सकियो (घोषणापत्रको पूर्ण पाठसहित )

काठमाडौं 
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा तथा भूमि मन्त्रालयको सहआयोजनामा भएको चौथो साकोस शिखर गोष्ठी १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । 

घोषणापत्रमा बचत तथा ऋण सहकारी संस्था (साकोस) मार्फत मर्यादित श्रम सिर्जना, गरिबी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्प गरिएको छ । 

घोषणापत्रमा बचत तथा ऋण सहकारी संस्था (साकोस) मार्फत मर्यादित श्रम सिर्जना, गरिबी न्यूनीकरण र स्वरोजगारी सिर्जना गरी समृद्ध एवं आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्प गरिएको छ । 

सहकारी संस्था र सदस्यहरुमा आउनसक्ने जोखिम न्यूनीकरण एवम् व्यवस्थापनको लागि संस्थागतरुपमा विपद् जोखिम न्यूनीकरण र व्यवसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गर्न सम्ेलनले जोड दिएको छ । 

सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुन अनुसार १० करोड भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थाले गोएएमएल सफ्टवेयर प्रणालीमा आबद्धता र नियमित प्रतिवेदन पेश गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्ने घोषणापत्रमा उल्लेख छ । 

आईतबारबाट सुरु भएको सम्मेलनमा देशभरका करिब ७ सय ५० जना सहकारीकर्मी सहभागि थिए । 

आईतबार शिखर गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुभएको थियो ।  घोषणापत्रको पूरा विवरण तल हेर्न सक्नुहुन्छ ।

घोषणापत्र