१६ चैत, २०८० शुक्रबार

09:06:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतको प्रतिबन्धले महंगियो चिनी

Nepal Business

३० जेठ, २०७९

छोटो समयमै चिनी प्रतिकिलो रु २० ले महंगो भएको छ ।

भारतको प्रतिबन्धले महंगियो चिनी

काठमाडौं । 

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा त्यसको असर देखिन थालेको छ । 

चिनीको मूल्यलाई सन्तुलन गर्न भारतले दुई साता अघि निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

छोटो समयमै चिनी प्रतिकिलो रु २० ले महंगो भएको छ । 

चिनीको मूल्यलाई सन्तुलन गर्न भारतले दुई साता अघि निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा चिनीको अभावसमेत देखिन थालेको छ । 

दुई हप्ताअघिसम्म खुद्रा व्यवसायीहरूले उपभोक्तालाई प्रतिकेजी ९० रुपैयाँदेखि ९५ रुपैयाँमा रहेकोमा अहिले उद्योगीहरूले नै मूल्य बढाएर पठाएको हुँदा प्रतिकेजी २० रुपैयाँसम्म बढेको छ ।