८ मंसिर, २०८१ शनिबार

10:05:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्जिनियरिङ कलेज ठगी प्रकरण : लम्बोदरसहित ६ जनाले पाए सफाइ

Nepal Business

३० जेठ, २०७९

उनीहरु विरुद्ध नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण–४ भक्तपुरका प्राचार्य हरिकृष्ण श्रेष्ठको जाहेरी परेको थियो । सोही आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरी सरकारी वकीलको कार्याल्यमार्फत २०७७ पुस २८ मा ठगी तथा किर्ते मुद्दा दर्ता भएको थियो ।

इन्जिनियरिङ कलेज ठगी प्रकरण : लम्बोदरसहित ६ जनाले पाए सफाइ

काठमाडौँ 
नेपाल इन्जिनियरिङ कलेज ठगी प्रकरणका मुख्य आरोपी लम्बोदरकुमार न्यौपानेसहित ६ जनाले सफाइ पाएका छन् । भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले ६ जना अभियुक्तलाई सफाइ दिने फैसला गरेक हो ।

जिल्ला अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलका अनुसार न्यायाधीश कोइरालाको इजलासबाट सबै अभियुक्तमाथि ठगी र कीर्तेको अभियोग पुष्टि नहुने फैसला भएको जानकारी दिनुभयो ।

जिल्ला अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलका अनुसार न्यायाधीश कोइरालाको इजलासबाट सबै अभियुक्तमाथि ठगी र कीर्तेको अभियोग पुष्टि नहुने फैसला भएको जानकारी दिनुभयो ।

उनीहरु विरुद्ध नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण–४ भक्तपुरका प्राचार्य हरिकृष्ण श्रेष्ठको जाहेरी परेको थियो । सोही आधारमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरी सरकारी वकीलको कार्याल्यमार्फत २०७७ पुस २८ मा ठगी तथा किर्ते मुद्दा दर्ता भएको थियो । 

२०७७ को मंसिर १० मा पक्राउ परेका न्यौपाने जिल्ला अदालतको आदेशबाट त्यसै वर्षको माघ ८ मा ३५ लाख धरौटीमा छुटेका थिए ।

अदालतमा पेस भएका प्रमाणको मूल्यांकन गर्दा उनी ठगी र कीर्ते मुद्दामा दोषी होइनन् भन्ने अवस्था नदेखिए पनि उनको उमेर र स्वास्थ्य अवस्थालाई ख्याल गर्दै जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो । 

नेपाल इन्जिनियरिङ कलेजबाट न्यौपानेले ३३ करोड ७५ लाख १७ हजार ६४६ रूपैयाँ, रामरत्न उपाध्यायले चार करोड ७० लाख ६८ हजार ६४४ रुपैयाँ र लवराज भट्टराईले ६ करोड ३४ लाख ६६ हजार ६०७ रुपैयाँ ठगी गरेको अभियोग लागेको थियो ।