१४ बैशाख, २०८१ शुक्रबार

12:48:11 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मासिक ४ लाख तलब बुझ्नेगरी १० हजार नर्स बेलायत पठाइने

Nepal Business

३० जेठ, २०७९

मन्त्री श्रेष्ठले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल भइरहेको सांसदहरुलाई जानकराी दिनुभयो ।

मासिक ४ लाख तलब बुझ्नेगरी १० हजार नर्स बेलायत पठाइने

काठमाडौं ।
सरकारले बेलायतमा मासिक करिब ४ लाख तलब बुझ्ने गरी नर्स पठाउने तयारी गरेको छ । 

बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी दिनुभयो ।

त्यसका लागि मुख्यतः नर्स पठाउन लागिएको पनि उहाँले बताउनुभयो । 

मन्त्री श्रेष्ठले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल भइरहेको सांसदहरुलाई जानकराी दिनुभयो । 

सांसदहरुले मन्त्री श्रेष्ठलाई श्रमिकलाई बाँच्न पुग्ने न्युनतम ज्याला हुनुपर्ने, रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने, स्वरोजगार र विदेशमा गएकाहरुको सुरक्षा गर्नुपर्ने, वैदेशिक रोजगारी घटाउने योजना हुनुपर्ने गरी  श्रम सम्झौता आवश्यक रहेको औँल्याउनुभयो ।