८ मंसिर, २०८१ शनिबार

05:39:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेगा बैंकको सेयर कारोबार रोक्का

३० जेठ, २०७९

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको थियो ।

मेगा बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । मेगा बैंक लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने भएसँगै नेप्सेले मेगा बैंकको सेयर कारोबार आज (सोमबार) देखि रोक्का गरेको हो । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच जेठ २७ गते एकआपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

यी दुई बैंकबिच मर्जरमा जाने सहमति भएसँगै  सोमबारदेखि सेयर कारोबार रोक्का भएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको थियो ।