८ मंसिर, २०८१ शनिबार

05:24:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कतिमा भयो सिवाईसी नेपाल लघुवित्तको पहिलो कारोबार ?

३० जेठ, २०७९

सोमबार लघुवित्तको सेयर प्रतिकित्ता ३८२ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

कतिमा भयो सिवाईसी नेपाल लघुवित्तको पहिलो कारोबार ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आज (सोमबार) धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार भएको छ। कम्पनीको सेयर जेठ २७ गते, शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो । सोमबार  लघुवित्तको सेयर प्रतिकित्ता ३८२ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

नेप्सेमा यो लघुवित्तको कुल १२ लाख १६ हजार ४१८ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ८ लाख २१ हजार ८२ कित्ता र सर्वसाधारणको ३ लाख ९५ हजार ३३६ कित्ता छन्।

लघुवित्तको सेयरलाई नेप्सेले न्यूनतम ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही अनुसार सोमबार लघुवित्तको पहिलो कारोबार भएको हो। नेप्सेले सेयर कारोबारका लागि सिवाईसी लघुवित्तलाई ‘सीवाईसीएल’ कारोबार संकेत प्रदान गरेको छ।