८ मंसिर, २०८१ शनिबार
06:20:03 PM
३० जेठ, २०७९
संघको कार्य समितिको बैठकले ब्याजदर यथावत राख्ने औपचारिक निर्णय गर्न सक्ने एक सदस्यले जानकारी दिनुभयो । बैंकर्स संघको बैठक आज सोमबार बस्दैछ।
काठमाडौँ,
वाणिज्य बैंकहरुले असार महिनामा पनि निक्षेपको ब्याजको दर नबढाउने भएका छन्।
विद्यमान परिस्थिति र आउँदो मौद्रिक नीतिमा हुन सक्ने सम्भावित नीतिगत परिवर्तनलाई मध्यनजर गरेर ब्याजको दरलाई यथावत राख्ने सहमती भएको नेपाल बैंकर्स संघका पदाधिकारीले बताउनुभएको छ ।
विद्यमान परिस्थिति र आउँदो मौद्रिक नीतिमा हुन सक्ने सम्भावित नीतिगत परिवर्तनलाई मध्यनजर गरेर ब्याजको दरलाई यथावत राख्ने सहमती भएको नेपाल बैंकर्स संघका पदाधिकारीले बताउनुभएको छ ।
संघको कार्य समितिको बैठकले ब्याजदर यथावत राख्ने औपचारिक निर्णय गर्न सक्ने एक सदस्यले जानकारी दिनुभयो । बैंकर्स संघको बैठक आज सोमबार बस्दैछ।
कमर्शियल बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याज दिने सहमति गरेका छन्। रेमिट्यान्स खातामाभने १२.०३ प्रतिशत ब्याजदर दिन पाइने सहमति छ।
विकास बैंकहरुबीच पनि असारमा ब्याज नबढाउने अनौपचारिक सहमति जुटेको जनाइएको छ ।