१३ बैशाख, २०८१ बिहिबार

04:19:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली सेना : भरपर्दाे जमिनी शक्ति र पुरानो फोर्स

Nepal Business

२९ जेठ, २०७९

उहाँले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नुभएको थियो ।

नेपाली सेना : भरपर्दाे जमिनी शक्ति र पुरानो फोर्स

काठमाडौँ, 
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले नेपाली सेना एक भरपर्दाे जमिनी शक्ति र पुरानो सैनिक फोर्स भएको बताउनुभएको छ।  

चारदिने औपचारिक भ्रमणका क्रममा उहाँले आइतबार विभिन्न क्षेत्रको भ्रमणका क्रममा यस्तो बताउनुभएको हो । उहाँले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण  गर्नुभएको थियो । 

चारदिने औपचारिक भ्रमणका क्रममा उहाँले आइतबार विभिन्न क्षेत्रको भ्रमणका क्रममा यस्तो बताउनुभएको हो ।

उहाँले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण  गर्नुभएको थियो । 

शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिबाट उक्त भ्रमणदललाई वस्तुस्थितिलगायत विविध पक्षबारेमा जानकारी गराइएको थियो ।
 
उक्त भ्रमणदलले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकन समेत गरेका थिए ।  

भ्रमणका क्रममा नेपाली सेनाका रथी तथा अधिकृत र उक्त भ्रमण दलका सदस्यहबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यको लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजानेलगायत विषयमा छलफल भएको जनाइएको छ । 

यसअघि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । यस्तै प्रधानसेनापति सँग पनि उहाँले भेटवार्ता गर्नुभएको थियो ।