८ मंसिर, २०८१ शनिबार
06:20:53 PM
२९ जेठ, २०७९
बैंकहरुले साधारण मुद्दतिमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन् भने संस्थापक निक्षेपमा १०.०३ प्रतिशत र रेमिटेन्स निक्षेपमा १२.०३ प्रतिशत ब्याज दिँदै आएका
काठमाण्डौं । वाणिज्य बैंकहरुले असारमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्षका आधारमा बैंकहरुले असार महिनाका लागि ब्याजदर स्थिर राख्ने जानकारी दिएको हो ।
संघका अध्यक्ष अनिल उपाध्यले बैंकहरुबीच ब्याजदर नबढाउने मौखिक सहमति भएको बताउनुभयो ।
अहिले वाणिज्य बैंकहरुले साधारण मुद्दतिमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन् भने संस्थापक निक्षेपमा १०.०३ प्रतिशत र रेमिटेन्स निक्षेपमा १२.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । सहमति अनुसार यहि ब्याजदर असार महिनामा पनि कायम रहनेछ ।