१७ कार्तिक, २०८१ शनिबार

11:04:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटिजन्स बैंक र मनकामना हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

२९ जेठ, २०७९

 सिटिजन्स बैंक र मनकामना हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । सिटिजन्स बैंक र चितवन स्थित मनकामना हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कार्डबाहक सेवाग्राहीलाई विशेष छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता अनुसार बैंकका ग्राहकले भरतपुर, चितवन स्थित मनकामना हस्पिटलमा १५ प्रतिशत छुट पाउने छन् । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ ।

आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था बैंकले विभिन्न बचत खातामा गरेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।