८ मंसिर, २०८१ शनिबार

06:31:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिक्री गर्ने, कहिले हुँदैछ परिपक्क ?

Nepal Business

२९ जेठ, २०७९

एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

 राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिक्री गर्ने,  कहिले हुँदैछ परिपक्क ?

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत भोलि सोमबार बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल भदौ २८ गते परिपक्क हुनेछ । यसैगरी बैंकले १८२ दिनको अवधिको लागि ४ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल मंसिर २७ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ११ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल वि.सं २०८० साल जेठ ३० गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल भोलि (जेठ ३० गते, सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर पर्सी जेठ ३१ गते, मंगलबार बिक्री हुनेछ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।