७ मंसिर, २०८१ शुक्रबार
06:26:34 AM
२९ जेठ, २०७९
छापावाला सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेर ९९ हजार दुई सय रुपैयाँमा कारोबार
काठमाण्डौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ ।
छापावाला सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेर ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । गएको साता शुक्रबार छापावाला सुनको मूल्य ९७ हजार सात सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा १५ सय रुपैयाँले बढेर ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । गएको साताको शुक्रबार तेजाबी सनुको मूल्य ९७ हजार दुई सय रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ