८ मंसिर, २०८१ शनिबार

05:52:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कालोसूचीमा पर्ने सहकारीको संख्या बढ्दो, को–को परे ?

Nepal Business

२९ जेठ, २०७९

हालसम्म १ हजार ७६७ जना बचतकर्ताहरुले ८१ करोड ५३ लाख ६२ हजार ६७४ रुपैयाँ बराबरको माग दावी सहित विभागमा उजुरी

कालोसूचीमा पर्ने सहकारीको संख्या बढ्दो, को–को परे ?

काठमाण्डौं । पछिल्लो समय सहकारीबाट ठगिने सदस्यहरुको संख्या बढ्दो रहेको छ । दैनिक रुपमा हजारौंको संख्यामा बचतकर्ता ठगिएको  सहकारी विभागले जनाएको छ । 

सहकारी विभागको तथ्यांक अनुसार हालसम्म १ हजार ७६७ जना बचतकर्ताहरुले ८१ करोड ५३ लाख ६२ हजार ६७४ रुपैयाँ बराबरको माग दावी सहित विभागमा उजुरी दिएका छन् । देशभर करिब २९ हजार सहकारी सञ्चालनमा रहेका छन् ।

काठमाण्डौं महानगरपालिका भित्र सञ्चालनमा रहेका ४१ वटा सहकारी विरुद्ध विभिन्न समयमा विभागमा उजुरी परेको छ । हालै ११ वटा सहकारी त संकटग्रस्त रहेको सरकारी घोषणा समेत भइसकेको छ । यी सहकारीहरु मार्फत डुबेको सदस्यहरुको २ अर्ब भन्दा बढी रकम कहिले उठ्ने भन्ने निश्चित छैन। 

सहकारी विभगका अनुसार सहकारीबाट बचतकर्ता ठगिएको उजुरी बढेसँगै कालोसूचीमा पर्ने सहकारीहरुको संख्या पनि बढिरहेको छ । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १७ वटा –जेठ २७ गतेसम्म) सहकारीहरु कालोसूचीमा परेका छन् । 

विभिन्न बैंक तथा वित्तीय संस्था, राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण तिर्न नसकेका कारण सहकारीहरु कालोसूचीमा परेका हुन् ।

कालोसूचीमा को–को परे ?

कालोसूचीमा पर्नेमा सिरेटो बचत तथा ऋण सहकारी संस्था, चेतना बचत तथा ऋण सहकारी संस्था, चेतना सहकारी संस्था, अम्बे बचत तथा ऋण सहकारी संस्था, 
सहकारीमा द नेक्स्ट बचत तथा ऋण सहकारी संस्था, धनलक्ष्मी सहकारी संस्था, हलेश्वर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, प्राइम गोरखा सेभिङ एण्ड को–अपरेटिभ, 
कान्ती सेभिङ एण्ड को–अपरेटिभ संस्था, रारा बचत तथा ऋण सहकारी, आनन्दनगर बचत तथा ऋण सहकारी, स्मृति सेभिङ एण्ड को–अपरेटिभ, सरफी सेभिङ एण्ड को–अपरेटिभ, जनसेवा कृषि सहकारी, सहयात्री कृषि सहकारी संस्था, किरणोदय बहुउद्देश्यीय सहकारी संस्था, धनवृद्धि मल्टिप्रपोज को– अपरेटिभ र युवा विकास बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।