१७ बैशाख, २०८१ सोमबार

09:30:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सी चिनफिङ तेस्रो कार्यकालका लागि सत्तामा पुुग्ने सम्भावना बढ्दो

Nepal Business

२८ जेठ, २०७९

सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने मौका खोजिरहनु भएको छ ।

सी चिनफिङ तेस्रो कार्यकालका लागि सत्तामा पुुग्ने  सम्भावना बढ्दो

 एएनआई । चीनका राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने सम्भावना बढेको छ । सन् २०१८ मा चीनको नेशनल पिपुल्स कंग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको हो ।

सी चिनफिङ सत्तामा पुग्ने तयारीमा रहेका बेला चीन कोभिड–१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले बताएका छन् ।

विश्व महाशक्ति राष्ट्र बन्ने चीनको चाहना गतिहीन भएको छ तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने मौका खोजिरहनु भएको छ । 

यसै वर्ष हुने चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मिति घोषणा गरिएको छैन तर मिति घोषणा भएसँगै सीको पुनः सत्तारुढ हुने चाहना अभिव्यक्त हुने अपेक्षा गरिएको छ ।