९ मंसिर, २०८१ आइतबार
12:27:18 AM
२८ जेठ, २०७९
उनी पोलमा चढेदेखि प्रहरीले झर्नको लागि फकाइरहेछ ।
नुवाकोट । नुवाकोटमा एक जना मानसिक सन्तुलन गुमाएका पुरूष विद्युतको तारमा झुन्डिएका छन्।
शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरीले उनलाई तल झार्न प्रयाश गरिरहेका छन् ।
ककनी गाउँपालिका–७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो। उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन्।
उनी बेलकोटगढी नगरपालिकाण्१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक हुन्। उनी पोलमा चढेदेखि प्रहरीले झर्नको लागि फकाइरहेछ ।
स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले पोलबाट झर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।