८ मंसिर, २०८१ शनिबार
06:05:16 PM
२८ जेठ, २०७९
बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
काठमाण्डौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा विहान ११ बजे अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट बुटवल, रुपन्देहीमा हुने भएको हो ।
यसै आर्थिक वर्षको माघमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो वर्ष लाभांश नदिने भएको छ ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सभाले सर्वसाधारण समूहको तर्फबाट दूई जना सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरूसँग मर्जर तथा प्राप्ती गर्ने विषय पनि सभामा छलफल हुनेछ ।
यदि आगामी दिनमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा सो को जिम्मेवारी समेत सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि भने जेठ १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति कम्पनीले तय गरिसकेको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।