८ मंसिर, २०८१ शनिबार

06:33:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मर्जरपछिको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ईपीएस १८.२५ रुपैयाँ पुग्ने

Nepal Business

२८ जेठ, २०७९

नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता शेयर पाउने छ ।

मर्जरपछिको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक,  ईपीएस १८.२५ रुपैयाँ पुग्ने

काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच शुक्रबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैँकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्न गाभिने सक्ने नीति अनुरुपको समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

प्रारम्भिक समझदारी पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले हस्ताक्षर गर्नुभएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका छन्। नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता शेयर पाउने छ ।

मर्जरपश्चात् बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ४० लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी महादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । अहिले एनआईबिएलको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ र मेगा बैंकको चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

एनआईबिएल बैंकको कूल सम्पत्ति २ खर्ब ३७ अर्ब ७२ करोड ३० लाख ९ हजार रुपैयाँ र मेगा बैंकको कूल सम्पत्ति २ खर्ब ७ अर्ब १४ करोड ९४ लाख ४६ हजार रुपैयाँ गरी कूल सम्पत्ति ४ खर्ब ४४ अर्ब ८७ करोड २४ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

एनआईबिएल बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड ७५ लाख २९ हजार रुपैयाँ र मेगा बैंकको ३ अर्ब ९५ करोड ७५ लाख ६९ हजार रुपैयाँ गरी कूल ७ अर्ब ८६ करोड ५० लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको सञ्चालन नाफा ३ अर्ब ६२ करोड ५९ लाख १३ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको २ अर्ब ९९ करोड ९२ लाख ४९ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात बन्ने बैंकको सञ्चालन नाफा ६ अर्ब ६२ करोड ५१ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको खुद नाफा २ अर्ब ४७ करोड ७२ लाख ६२ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको २ अर्ब १ करोड ४५ लाख ३४ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् बैंकको खुद नाफा ४ अर्ब ४९ करोड १७ लाख ९६ हजार रुपैयाँ पुग्नेछ । 

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको वितरणयोग्य नाफा ४५ करोड २२ लाख २६ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको वितरणयोग्य नाफा ९६ करोड १७ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

मर्जरपश्चात् बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ४० लाख २१ हजार रुपैयाँ पुग्नेछ । एनआईबिएल बैंकको ईपीएस १८.०४ रुपैयाँ रहेको छ भने मेगा बैंकको १६.६६ रुपैयाँ रहेको छ । मर्जरपश्चात बैंकको ईपीएस १८.२५ रुपैयाँ पुग्नेछ ।