८ मंसिर, २०८१ शनिबार
04:30:35 PM
२७ जेठ, २०७९
यसअघि ईन्भेष्टमेन्ट बैंँक हिमालयन बैंकसँग मर्जर सम्झौता भएको थियो । उक्त सम्झौता १४ महिना अघि भाँडिएको थियो ।
काठमाडौं ,
मेगा र नेपाल इन्भेष्टमेन्ट बैंक बीच मर्जरमा जाने (गाभिने) सम्झौता गरिएको छ । आज शुक्रवार एक समारोहका बीच दुबै बैंँकले मर्जरमा जाने सम्झौता गरेको हो ।
त्यसपछि उसले मेगासँग मर्जर प्रक्रिया अघि बढाएकोमा १४ महिनापछि सफलतातर्फ उन्मुख भएको छ । दुबै बैंक मर्ज भएपछि मुलुककै सबैभन्दा ठुलो बाणिज्य बैंँक बन्नेछ । त्यसपछि चुक्ता पुँजी रु ३४ अर्ब पुग्ने छ ।
यसअघि ईन्भेष्टमेन्ट बैंँक हिमालयन बैंकसँग मर्जर सम्झौता भएको थियो । उक्त सम्झौता १४ महिना अघि भाँडिएको थियो ।
त्यसपछि उसले मेगासँग मर्जर प्रक्रिया अघि बढाएकोमा १४ महिनापछि सफलतातर्फ उन्मुख भएको छ । दुबै बैंक मर्ज भएपछि मुलुककै सबैभन्दा ठुलो बाणिज्य बैंँक बन्नेछ । त्यसपछि चुक्ता पुँजी रु ३४ अर्ब पुग्ने छ ।
अहिलेसम्म रु २३ अर्ब ७९ करोड चुक्ता पूँजी रहेको ग्लोबल आइएमइ बैँक सबैभन्दा ठुलो बाणिज्य बैँक छ । मर्जरसँगै दुवै बैंकको शेयर कारोबार भने अब एउटै भएर एकीकृत सेवा शुरू नगरेसम्मका लागि रोकिने छ ।
मर्जरपछि एकीकृत नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राखिने पनि सहमती भएको छ । सहमतिपत्रमा शेयर संरचना नेपाल इन्भेष्टमेन्ट बैंक र मेगाबीच १००ः९० अनुपातको हुनेछ ।
मर्जरपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ ज्योति पाण्डे रहनुहुने जनाइएको छ । बैंकको डेपुटी सीईओ भने रविना देशराज बन्नुहुने जनाइएको छ ।