८ मंसिर, २०८१ शनिबार
04:43:45 PM
२७ जेठ, २०७९
काठमाडौं । गरिमा विकास बैंक र सोल्टी होटेलबीच सम्झौता भएको छ । नेपालकै प्रतिष्ठित ५ तारे होटेल ‘सोल्टी होटेल’ र गरिमा विकास बैंकबीच होटेलले उपलब्ध गराउने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रअनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौंमा अवस्थित द सोल्टी काठमाडौं र नेपालगन्जस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एन्ड वेभरेजमा आकर्षक १०प्रतिशत छुट पाउन सक्नेछन्।
हाल गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैंकिङ सेवा दिँदै आइरहेको छ।