८ मंसिर, २०८१ शनिबार

04:32:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता हुने

२७ जेठ, २०७९

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ ।

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता हुने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच आज (शुक्रबार) मर्जर सम्झौता हुने भएको छ । शुक्रबारको सेयर कारोबार बन्द भएपछि २ बैंकबीच मर्जर सम्झौता हुन लागेको हो । दुई बैंकविच गत मंगलबार नै शुक्रबार सेयर बजार बन्द भएपनि मर्जर सम्झौता हुने फाईनल भएको थियो ।

हालसम्मको सहमति अनुसार यी दुई बैंकहरु मर्जर पछि बन्ने बैंकको नाम, ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ । गत चैतमा हिमालयन बैंकसँग मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई प्रश्ताव गरेको थियो । मर्जरपछि बैंकको सीईओ र अध्यक्ष इन्भेष्टमेन्ट बैंकबाटै हुने सहमती भएको छ ।

अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने सहमति भएको छ । इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता सेयर हुनेगरी मर्जरमा सम्झौता हुन लागेको हो । मर्जरपछि ढिलोमा ६ महिना भित्र यी बैंकको एकिकृत कारोबार हुने गरि काम हुने बताइएको छ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ ।